अर्जुनधारामा नगर महोत्सव जारी


अर्जुनधारा / अजुर्नधारा नगरपालिकाले भ्रमण बर्ष संन २०२० को अवसरमा आयोजना गरेको नगर महोत्सव जारी राखेको छ ।
नगरले पर्यटन बर्षलाई सघाउ पुर्याउने उदेश्यले आयोजना गरेको कार्यक्रम े सोमबार वडा नं ११ मा सम्पन्न भएको छ ।
सोमबार वडा नं ११ मा कला , संस्कृती , साहित्य , लगायतका कार्यक्रम गरिएको थियो । स्वास्थ्य शिवीर ,कृषि , पशु सेवा लगाएतका वडाबाट वडाबासीलाई सेवा प्रदान गरिएको थियो । कार्यक्रममा बिभिन्न जातिय नृत्य तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
जेष्ठ नागरिक बलिराज इङनामको प्रमुख आतिथ्यता रहेको कार्यक्रम अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको बिशिष्ट आतिथ्यतामा भएको थियो ।
वडा नं ११ का अध्यक्ष भैरब खड्काको अध्यक्षतामा भएको कार्यक्रमा उपप्रमुख कमला खतिवडाले कार्यक्रमको औचित्यमाथी प्रष्ट परेकी थिइन । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पंकज भुर्तेल लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रमको संञ्चालन वडा सदस्य मोहन योगीले गरेका थिए ।

तपाईको प्रतिक्रिया