अब कोही पनि नेपाली भोकले मर्नु पर्दैन: प्रधानमन्त्री  केपी शर्मा ओली

राजु पोख्रेल 
दमक/ प्रधानमन्त्री  तथा नेकपाका अध्यक्ष  केपी शर्मा ओलीले अब कोही पनि नेपाली  भोकै बस्नुनपर्ने बताएका छन् । झापाको दमकमा आयोजित दमक चिसापानी रवि सडक शिलन्यास समारोहमा बोल्दै ओलीले  भने  वर्तमान सरकारले जनताको आधारभुत आवश्यकता पुरा गर्ने गरी काम गरिरहेकाले कोही पनि भोकै बस्नु पर्ने अबस्था नआउने बताए  उनले भने ,यो देशमा किरा फट्याग्रा त भोकै मरदैनन् ,कोही पनि जनता भोकै मर्नु हुदैन ।
उनले ठटेउलो तरिकामा भने ,घर चामल छैन भने हामीलाई खबर गर्नुस् ,नेकपा पाृको बोकेर आउँछ , त्यसका लागि मैले २ लाख रुपैँया छुट्याएको छु ।,उनले जनता आवास कार्यक्रम अन्तरर्गत देशभर ८ हजार घर बनाइएको बताए । उनले सरकारको काम देखेर बिपक्षी आत्तिएको आरोप  समेत लगाए । सरकारको काम सामु घुँडा टेकेको दाबि गरे । उनले भने ,यो सरकारको काम देखेर विपक्षीको निन्द्र हरण भएको छ , केहि सीप नचलेर मेरो मृत्युको प्रतिक्षामा छन् । उनले आफु प्रधान्मन्त्री भएपछि देशभर ३ हजार किलोमिटर बाटो कालोपत्रे भएको बताए ।
यस्तै २३५ वटा पुल बनेको जानकारी दिए । नेपाल कृषिको उर्वर भुमि रहेकाले यहाँ कृषि आधुनिकिकरणको माध्यमबाट देशको अर्थतन्त्रमा टेवा पुर्याउने बताए । उनले वर्तमान सरकार बिकास निर्माणको क्षेत्रमा तिव्र गतिमा लागिरहेको दाबि गरे । आफुले राजनिति शुरु गर्दा कोदालो बोकेर गरेको तर अहिले जताततै पक्की सडक बनेकाले आफुले जस्तो अबका पिडितले दुख गर्नुनपर्ने बताए । भुटानी शरणार्थीको समस्या अब चाँडै नै अन्तिमतर्फ अघि बढेको जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार बहुप्रतिक्षित दमक चिसापानी रबि सडकको शिलन्यास गरेका छन् । नेपाल सरकार भौतिक पूर्वधार मन्त्रालयमार्फत सडक डिभिजन कार्यलय दमकको आयोजनामा काम भईरहेको सो सडकको आज एक कार्यक्रमकाबिच ओलीले शिलन्यास गरेका हुन् । सो सडकको ३ खण्डमा काम भईरहेको भौतिक पूर्वधार मन्त्री बसन्त कुमार नेम्बाङ्गले बताए ।
यो सडकको अबको ३ बर्षमा सम्पन्न हुनेछ । यो सडक बनेसँग झापा ,इलाम र पाँचथरका नागरिकहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । यसअघि ओलीले दमकको कृष्णमन्दिरदेखि बेलडाँगी जोड्ने कालोपत्रे सम्पन्न भएको सडक , दमक र मोरङको मिक्लाजुङ्ग जोड्ने मावाँ खोलाको पुलको उद्घाटन गरे
त्यस्तै ओलीले दमकमा निर्माण सम्पन्न भएको एकिकृत नमुना वस्तीको समेत समुदायमा चाँबी हतान्तरण गरे । सो नमुनावस्ती दमक नगरपालिका ,प्रदेश र केन्द्र सरकारको करिब ३ करोडमा आयोजना सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया