एन–प्याब्सन अध्यक्षमा भट्टराई

झापा / राष्ट्रिय निजी तथा आवाशीय विद्यालय एशोसिएसन नेपाल ‘एन–प्याब्सन’ झापाको अध्यक्षमा खिवराज भट्टराई चयन भएका छन् ।

कन्काई इङ्गलिस बोर्डिङ स्कूल बिर्तामोडमा शनिबार सम्पन्न छैटौं अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नेतृत्व चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा अनिता थापा, सचिवमा ओमविक्रम नेम्बाङ र कोषाध्यक्षमा मोहन आचार्य चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा प्रेम शेर्मा, जीवन कट्टेल, दीप श्रेष्ठ, किरण अधिकारी, जीवन भट्टराई, गोमा न्यौपाने, गुणराज गिरी, मनकुमारी पन्धाक, हजेन्द्रबहादुर बस्नेत र श्रीप्रसाद ढुंगेल छन् ।

एकजना सदस्य भने समितिको आगामी बैठकले मनोनित गर्ने जनाइएको छ । नवनिर्वाचित भट्टराई चिल्ड्रेन गार्डेन इङ्लिस स्कूल जलथलका संस्थापक हुन् । उनी यसअघि समितिको सचिव थिए ।

अधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष सञ्जिव राईले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा एन–प्याब्सन केन्द्रीय उपाध्यक्ष एवं प्रदेश १ का अध्यक्ष जयबहादुर श्रेष्ठ, केन्द्रीय सदस्य धर्मराज माझी, केन्द्रीय सल्लाहकार पाण्डव हमाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

गिताराज खड्काले स्वागत गरेको अधिवेशन उद्घाटन सत्रको सञ्चालन सचिव खिवराज भट्टराईले गरेका थिए । संघीय व्यवस्था लागू भएसँगै एन–प्याब्सन झापाको पालिकास्तरीय अधिवेशनले यसअघि नै जिल्लाका विभिन्न पालिकामा क्षेत्रीय समिति गठन गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया