लेडी जेसीजको पद हस्तान्तरण सम्पन्न

धुलाबारी / मेचीनगर लेडी जेसीजको छैठौं पद हस्तान्तरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

धुलाबारीस्थित कृष्ण पार्टी प्यालेसमा आयोजित कार्यक्रममा वर्ष २०१९ की अध्यक्ष मञ्जु भण्डारीले आफूले लगाएको जेसीज चेन वर्ष २०२० की अध्यक्ष तुलसा दंगाल (भण्डारी)लाई हस्तान्तरण गरिन् । विधिको शासन, भ्रातृत्व र व्यक्तित्व विकासको मूलमन्त्र बोकेको जेसीजमा कार्य समितिको कार्यकाल एक वर्षको रहने हुँदा एक कार्यकाल भन्दा बढी नेतृत्व गर्नै नपाइने प्रक्रिया अन्य संस्थाको भन्दा नमूना योग्य मानिन्छ ।

सोही कार्यक्रममा पूर्व अध्यक्ष टीका सुवेदीले स्व. आमाको नाममा स्थापना गरेको जयन्ती बराल स्मृति अवार्डबाट संस्थाकी सदस्य सुभद्रा बराल र संस्थापक अध्यक्ष कविता शर्माले स्व. सासु र ससुराको नाममा स्थापना गरेको सावित्रा–पर्शुराम शर्मा स्मृति अवार्डबाट रश्मी श्रेष्ठलाई सम्मान गरियो ।

संस्थाकी अध्यक्ष मञ्जु खनाल (भण्डारी)को अध्यक्षता तथा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल जेसीज २०२० का थिम डाइरेक्टर मनिष सूर्य मगर, संस्थाकी संस्थापक अध्यक्ष कविता शर्मा, धुलाबारी जेसीजका अध्यक्ष केशव पोखरेललगायतले बोलेका थिए ।

सो अवसरमा मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेती, मेचीनगर वडा नम्बर ४ का अध्यक्ष नवीन बराल, मेचीनगर ९ का वडा अध्यक्ष गोपाल खड्का, मेचीनगर १० का वडा अध्यक्ष सुदय पनेरु, कार्यपालिका सदस्य कृष्ण कनाल, नेपाल जेसीजका जनसम्पर्क अधिकारी अजय देव, मेचीनगर लेडी जेसीजका पूर्व अध्यक्षहरु टीका सुवेदी, उषा श्रेष्ठ, शोभा श्रेष्ठ, सुनिता पनेरु, बाहुनडाँगी जेसीजका अध्यक्ष कञ्चन उप्रेती, भद्रपुर जेसीजका अध्यक्ष अनुज खतिवडा, बुधबारे जेसीजका अध्यक्ष हेमन्त बराल, चारआली जेसीजका अध्यक्ष उत्तम पकुवाल, विर्ता लेडी जेसीजकी अधयक्ष सरु खनाल, मेचीनगर काँग्रेस सभापति इन्द्र बुढाथोकी, नेकपा नगर अध्यक्ष माधव अर्याल, राप्रपा मेचीनगर अध्यक्ष सुशील आचार्य, सशस्त्र प्रहरी नायव उपरीक्षक ज्ञानमणि पौडेललगायतको आतिथ्यता थियो ।

नवनिर्वाचित अध्यक्ष दंगालले शपथ ग्रहणपछि विभिन्न पदमा मनोनित गरेकी थिईन् । मनोनित हुनेहरुतर्फ महासचिवमा सुशीला खतिवडा, कोषाध्यक्षमा सविता पोखरेल, कानुनी सल्लाहकारमा सुनिता पनेरु, तालिम निर्देशकमा सिता घिमिरे, जनसम्पर्क अधिकारीमा सुभद्रा नेपाल, थिम डाइरेक्टरमा रश्मि प्रधान, सह कोषाध्यक्षमा बन्दना भण्डारी छन् ।

यसअघि भएको साधारणसभाबाट कार्यकारिणी उपाध्यक्षमा गीता ओझा, शान्ता सिटौला, उपाध्यक्षहरु पवित्रा विमली प्रसार्इँ, सुनिता थापा, रेजिना श्रेष्ठ र एरिषा बुढाथोकी सर्वसम्मत निर्वाचित भएका निर्वाचन आयुक्त सुनिता पनेरुले घोषणा गरेकी थिईन् ।

कार्यक्रम संयोजक सविता पोखरेलले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन २०१९ की महासचिव गीता ओझा र २०२० की महासचिव सुशीला खतिवडाले संयुक्त रुपमा गरेका थिए ।

तपाईको प्रतिक्रिया