रोकिएन मासुजन्य वस्तुको अवैध आयात

डम्बर बराल

काँकरभिट्टा / पछिल्लो समय पूर्वी नाकाबाट हुने पशु तथा पशुजन्य पदार्थको अवैध आयात तुलनात्मक बढ्दै गएको छ । पशुक्वारेन्टाइन कार्यालय काँकरभिट्टाको आर्थिक वर्ष २०७५÷०७६ र ०७६÷०७७ प्रथम चौमासिक विवरणले सो कुरालाई पुष्टि गरेको छ ।

कार्यालयले आर्थिक वर्ष २०७५÷०७६ को प्रथम चार महिनामा एकसय ७६ वटा ब्रोइलर कुखुरा, १५ वटा लोकल कुखुरा, ५ वटा हाँस, ३ सय ६० केजी मासु नियन्त्रण गरी नष्ट गरिएको थियो । आ.व.२०७६÷०७७ को सोही अवधिमा ब्रोइलर कुखुरा २ सय १२ वटा, मासु ८ सय ५ केजी, खाने माछा एकसय ७० र सिद्रा २ सय ७५ केजी नियन्त्रण गरेर नष्ट गर्न सफल भएको छ । कार्यालयले ०७५÷०७६ को एक वर्षको अवधिमा ब्रोइलर कुखुरा ७ सय ८६ वटा, स्थानीय कुखुरा ६ सय ५३, हाँस १० वटा मासु ६ सय ५३ केजी, खाने माछा २ सय ३० केजी, फोनेज माछा एकसय ७० केजी, सिद्रा ६० केजी र भुर्रा माछा एक हजार विभिन्न क्षेत्रमा नियन्त्रण गरेर नष्ट गरेको कार्यालयले जनाएको छ । पूर्वी नाकाबाट हुने अवैध आयातलाई नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी भन्सार कार्यालयका कर्मचारी तथा क्वारेन्टाइनका कर्मचारी नाकामा परिचालित भएपनि अवैध आयात नियन्त्रण हुन सकेको छैन । पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज तथा इलामको पशुपतिनगरमा चेक पोष्ट खडा गरेर अवैध पशु तथा पशुजन्य पदार्थको आयातलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । ‘प्रहरीको सहकार्यमा हामी नाकामा क्रियाशील छाँै,’ क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख अशोक कुमार सिंहले भने–‘तर खुला सिमानाका कारण अवैध आयातलाई रोक्न चुनौति बन्दै गएको छ ।’

उनले आवश्यक जनशक्तिको अभाव हुदा काममा कठिनाई भएको बताए । कार्यालयमा २० जनाको दरवन्धी रहेको भएपनि हाल ७ जना मात्र कर्मचारीले ४ वटा सिमा नाकामा निगरानी गर्नु परेको उनी बताउँछन् । सरकारले देशलाई मासुजन्य पदार्थ तथा कृषिमा आत्मनिर्भर बनाउने उद्वघोष गरेर कृषि क्षेत्रमा अनुदान दिन थालेपछि खाने माछा तथा माछाको भुरा आयातमा भने क्रमशः कमी आउन थालेको छ ।

पूर्वी नाका भएर वैधानिक रुपमा २०७५÷०७६ मा एक हजार ३ सय ८२ मेट्रिक टन माछा आयात भएको छ भने ०७४÷०७५ मा एक हजार ५ सय ६० मे«िटक टन आयात भएको थियो । आ.व. २०७३÷०७४ मा एक हजार ६ सय ७४, आ.व. २०७२÷०७३ मा एक हजार ७ सय ३५ मेट्रिक टन र २०७१÷०७२ मा २ हजार एक सय आठ मेट्रिक टन माछाको आयात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सोही अवधिमा माछाको भुरा र सिद्राको आयातमा पनि पछिल्ला वर्षहरुमा कमी आएको तथ्याङ्कले देखाउँछ ।

निर्यात तर्फको तथ्याङ्क भने घटबढ हुँदै आएको छ । आ.व. २०७५÷०७६ मा वैधानिक रुपमा १९ हजार ४ सय २१ वटा गोरु निर्यात भएको छ । यो संख्या २०७४÷०७५ मा ८ हजार एक सय ६७ थियो । सोही अवधिमा राँगा भैँसीको निर्यात अघिल्लो आ.व.मा एक हजार ५ सय ६० रहेकोमा आ.व. २०७५÷०७६ मा ५ सय २९ राँगाभैँसी निर्यात भएको तथ्याङ्क रहेको छ । सोहि अवधिमा खसी बोका निर्यात ८ हजार ७ सय ७४ रहेको छ भने यो तथ्यांक अघिल्लो आ.व.मा ४ हजार ५ सय ९५ रहेको थियो । कार्यालयले २०७५÷०७६ मा जरिवानाबाट एक लाख राजश्व संकलन गरेको छ । कार्यालयले क्वारेन्टाइन जाँच तथा समय समयमा सरोकारवालाहरुसँग गोष्ठी तथा अन्तत्र्रिmयात्मक कार्यव्रmम पनि सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया