पर्यटन महोत्सवमा ४ करोडको कारोबार

धुलाबारी / एक लाखभन्दा बढी अवलोकनकर्ता भित्र्याउँदै र चार करोड भन्दाबढी रकमको कारोबार गर्दै मेचीनगरमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव बिहीवार सम्पन्न भएको छ ।
व्यापार तथा पर्यटन प्रवद्र्धन गर्ने उद्दयेश्यले मेची उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव समापनका अवसरमा प्रमुख अतिथि प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले महोत्सवले व्यापार प्रवद्र्धनमा ठुलो सहयोग पुगेको बताए । उनले मेचीनगर अन्तर्राराट्रिय बजारसँग जोड्ने नाका भएकोले र यहा उद्योग , व्यापार तथा पर्यटनको राम्रो सम्भावना रहेको दावी गरे । नेपालले समृद्विको लागि पाइला चालेको बताउँदै मन्त्री कार्कीले आयातलाई प्रतिस्थापन गर्न यहाको उत्पादनलाई बढाउनुको बिकल्पन नरहेको बताए । उनले मेचीनगरमा साना ,ठुला २५ वटा उद्योग स्थापना भैसकेको बताउदै नगर क्रमश समृद्वितर्फ उन्मुख भएको बताए । प्रदेश सरकारले दुई वर्ष भित्र बिर्तामोड पूर्वको क्षेत्रमा औद्योगिक प्रर्र्दशनि कक्ष तथा विक्रि केन्द्र स्थापना गरिने बताए । कार्यक्रममा खेलाडीहरु प्रणव खनाल, मेहेर निशा राउत, अमिता गिरी र मेचीन उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष पन्नालाल जैनलाई सम्मान गरिएको थियो ।
समापन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका उद्योग बाणिज्य उपाध्यक्ष किशोर कुमार प्रधान, संविधानसभा सदस्य रविन कोइराला, नेपाल उद्योगा वाणिज्य महासंघका महानिर्देशक धरणिधर खतिवडा, मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेती , राप्रपा नगर अध्यक्ष सुशिल आचार्यलागायतले बोलेका थिए ।,
संघका अध्यक्ष ऋषिराज तिम्सिनाको अध्यक्षतामा सम्पन्न महोत्सव समापन सत्रमा महोत्सव आयोजक समिति संयोजक भूमि पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । उपाध्यक्ष बिना तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन संघका महासचिव ध्रुव कनालले गरेका थिए ।

तपाईको प्रतिक्रिया