पर्यटन भ्रमण वर्ष इलाममा भब्य शुरु


सुजन तिमल्सिना
जोरकलस । भ्रमण वर्षको पहिलो दिन पूर्वी पहाडी इलाम पाँचथर र ताप्लेजुङ्गको प्रवेशद्धारमा पर्यटन भ्रमण वर्षको पहिलो दिन भब्यताका साथ उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति इलाम, रोङ गाउँपालिका र मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको आयोजनामा पहाडी जिल्लाको प्रवेशद्धार जोरकलशमा भव्यताका साथ उद्घाटन गरिएको हो । पहाडी जिल्लाको प्रवेशद्धारमा आदिवासी जनजातिको सास्कृतिक झाँकिसहित पर्यटकहरुलाई स्वागत गरिएको थियो ।
जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालको अध्यतामा रहेको भ्रमण वर्षको उद्घाटन सत्रमा पहाडी क्षेत्रमा आएका पर्यटकहरुलाई उप–प्रमुख चित्रकला बराइलीले स्वागत गरेकि थिइन् । जोरकलसमा रहेको भ्रमण वर्ष अंकित लोगो खोलेर प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश सासंद धिरेन्द्र सर्मा रमण, काजिमान कागते, जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल लगायत अतिथिबाट औपचारिक उद्घाटन गरिएको थियो ।
उद्घाटन पनि जोरकलसबाट धार्मिकस्थल पाथिभरा क्षेत्रको हासपोखरीसम्म ¥यालिको आयोजना गरिएको थियो । ¥यालिपछि हाँसपोखरीदेखि पाथिभरा मन्दिर र कुटिडाँडासम्म पदयात्रा गरिएको थियो । जिल्लास्तरीय तयारी समितिको आयोजनामा गरिएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सासंद धिरेन्द्र सर्मा, रमणले इलामको विकासका लागि पर्यटन भ्रमण वर्षले ठुलो योगदान रहने र सबै एक भएका जिल्लाको सवृद्धिका लागि भ्रमण वर्षलाई उपयोग गर्नुपर्ने बताए । इलाममा धेरै पर्यटकीयस्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्न लालायत रहेकाले पूर्वाधार निर्माणमा सबैले काम गर्नुपर्ने उनले बताए ।
सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष सुखि नेपाली सवृद्ध नेपालको यात्रामा सहयोगी पुग्ने खालको भन्दै सासंद सर्माले पर्यटकलाई खुशि पारेर काम आम्दानी बढाउन सबै इलामेली एक भएर लाग्नुपर्नेमा जोड दिए । उद्घाटन सत्रमा बोल्दै प्रदेश सासंद काजिमान कागतेले पर्यटन भ्रमण वर्ष नेपालीको सवृद्धिको वर्ष बनाउन सबै एक भएर सफल बनाउनुपर्नेमा जोड दिनुभयो । इलामको संभावना कृषि पछि पर्यटन भएकाले प्रदेश सरकार मार्फत कार्यान्वयनमा आएका योजना पर्यटन मैत्री भएकाले जनताले आफ्नो सहभागिता बढाउनुपर्ने कागतेको भनाइ छ ।
पर्यटन वर्ष जिल्ला समितिका प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले इलामको सवृद्धि पर्यटनमा सम्भव रहकाले सबै इलामेलीले यो अभियानलाई उपयोग गर्नुपर्ने बताए । धार्मिक, सास्कृतिक र कृषि व्यवसाय मार्फत पर्यटनकै विकासको संभावना भएकाले तीनै तहका जनप्रतिनिधि मार्फत सवृद्ध इलाम बनाउन लागि पर्नुपर्ने बरालको भनाइ थियो । रोङ गाउँपालिकाका अध्यक्ष समसेर राईले धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेको पाथिभरा क्षेत्रको विकासका लागि गुरुयोजना तयार गरिएको बताए । गाउँपालिका भित्र पर्यटनका प्रशस्त संभावना रहेकाले गाउँपालिकाले प्राथमिकताका आधारमा विकासका योजना कार्यान्वयन गर्दै आएको राईको भनाइ छ ।
प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेका इलामको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले पर्यटनको विकासका पर्यटन मैत्री योजना कार्यान्वयन गर्दै गएकाले पर्यटन भ्रमण वर्षमा सन्दकपुर जान चाहाने पर्यटकलाई कुनै सुविधाको कमि हुन नदिने बताए । सन्दकपुर, छिन्टापु, माईपोखरी जस्ता अनेकौँ पर्यटकीयस्थलहरु हाम्रो गाउँपालिकामा छन् राईले भने–यी पर्यटकीयस्थलमा पूर्वाधार निर्माणको कामलाई प्राथमिकता राखेकाले भारतबाट पर्यटकहरु आउने क्रम बढेको छ । सन्दकपुरको चर्चा पहिले कमै हुने गरेपनि अहिले नेपाली पर्यटकमाझ पनि सन्दकपुर लोकप्रिय भएकाले यहाँ पूर्वाधारका योजना थप गर्ने र भ्रमण वर्षकै अवसरमा सन्दकपुरमा विद्युत पु¥याइएको अध्यक्ष राईको भनाइ थियो । सन्दकपुर क्षेत्रको पर्यटन प्रवद्र्धन भएमा यस कोरिडोरमा पर्ने पर्यटकीय क्षेत्र मात्रै नभएर सिंगो इलामको प्रवद्र्धनमा सहयोग पुग्ने अध्यक्ष उदय राईको दाबी छ ।
कार्यक्रममा बोन्दै सुर्योदय नगरपालिकाका उप–प्रमुख दुर्गादेवी भट्टराईले पर्यटन प्रवद्र्धनका लागि भ्रमण वर्ष उपलब्धिमुलक भएकाले सूर्योदय नगरपालिका पर्यटन मैत्री पूर्वाधार निर्माणमा अघि बढेको बताइन् । प्रदेशको पर्यटकीय नगरि भएका नताले पर्यटन भ्रमण वर्षलाई सफल बनाउन प्रथम सूर्योदय महोत्सवको आयोजना गरि प्रचारात्मक काम गरिएको भट्टराईको भनाइ छ ।
कन्याम, अन्तु, जस्ता घुम्नैपर्ने पर्यटकीय क्षेत्र रहेको सूर्योदय नगरपालिकामा पर्यटकका सुविधाका लागि होटल र होमस्टेको प्रवद्र्धन गरिने भट्टराईको भनाइ छ । कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले भ्रमण वर्षमा इलाम आउने पर्यटकहरुको सुरक्षाका लागि सुरक्षा रणनिति कार्यान्वयन गरिने जानकारी दिए । पर्यटक अधिक आउने पर्यटकीयस्थलमा सुरक्षा व्यवस्था चुस्त बनाइने र संभावित घटना हुन नदिन सुरक्षाकर्मी परिचनालन गरिने कार्कीको भनाइ थियो । राजनीतिक दलको तर्फबाट बोल्दै नेपाली काग्रेसकी नेतृ बिष्णु दाहालले पर्यटन व्यवसायको संभावना रहेको इलाममा पूर्वाधार निर्माणमा सरकारले काम गर्नुपर्नेमा जोड दिएका थिइन् ।
घुम्नैपर्ने सय पर्यटकीयस्थलमा घोषणा भएको कन्याममा भ्रमण वर्षको पहिलो दिन भारतीय पर्यटकले भ्रमण गरेका छन् । हरियो चियामा बनभोज खान र प्राकृतिक सुन्दरतामा रमाउन भारतीय पर्यटक पशुपतिनगर नाकाबाट गाडि रिर्जब गरि कन्याम पुगेको हुन् ।
उदाउँदो सुर्योदयको दृश्य हेर्न अन्तु पर्यटकीय क्षेत्रमा पनि प्रायः भारतीय पर्यटककै भिड रहेको थियो । भारतमा नयाँ वर्ष पर्वकै रुपमा मानिने भएकाले पर्यटकहरु आफ्नै गाडि लिएर अन्तु भ्रमणमा पुगेका थिए । प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरका होटलहरुपनि भारतीय पर्यटकले भरिभराउ छन् । हिमाली दृश्यमा रमाउन सकिने सन्दकपुर पुग्ने पर्यटकले आफु पुनः घुम्न आउने बनाएका थिए ।

तपाईको प्रतिक्रिया