विकासको मोडल अध्ययन गर्न स्थानीय सरकारलाई सुझाव

आकाश खतिवडा

अर्जुनधारा / नेकपाका नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले विकासको मोडल अध्ययन गर्नका लागि स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । अर्जुनधारा नगरपालिकाले आइतबार आयोजना गरेको नगर युवा परिषद, खेलकुद विकास समिति, भाषा कला साहित्य तथा संस्कृति प्रवद्र्धन समितिको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पाण्डेले उक्त धारणा राखेका हुन् ।

उनले भने–‘हामी आन्दोलन गरेर सत्तामा पुग्यौँ, मलाई मन्त्री हुँदा नजानेको कुरा के छ र जस्तो लाग्थ्यो, एउटा सुरुङ बनाउनु प¥यो भने पनि हामीसँग इन्जिनियर नै रहेछ ।’ त्यसबेला आफू पनि विकासका बारेमा अनभिज्ञ नै रहेको स्वीकार गर्दै पाण्डेले भने–‘हामी पार्टीका नेताले पनि विकास कसरी गर्ने भन्ने जानेका नै रहेनछौँ, त्यसैले स्थानीय तहका जनप्रतिनिधिलाई मेरो अनुरोध छ, विकास कसरी गर्ने भन्ने अध्ययन गर्नुहोस् ।’

नेकपा स्थायी समितिका सदस्य समेत रहेका पाण्डेले किसानका उत्पादलाई कसरी राम्रो बजारको पहुँच दिलाउने भन्ने विषयमा स्थानीय तहले कार्यक्रम बनाउनु पर्ने सुझा दिए । उनले देश आर्थिक रुपमा सबल नभई भोको पेट र नाङ्गो आङले राष्ट्रियताको रक्षा गर्न नसक्ने उनको तर्क थियो । ‘यहाँ प्रहरीको तलब २५ हजार रुपैयाँ छ, खाडी गयो भने सेक्युरिटी गार्डले एक लाख कमाउँछ अनि कसरी योग्य जनशक्तिलाई देश विकासमा लगाउन सकिन्छ ?’ पाण्डेले प्रश्न गरे । एक अर्काे प्रसङ्गमा पाण्डे चीनले विदेशमा रहेका नागरिकलाई देश बोलाएर आकर्षक तलब दिएर देश विकास गरेको उदाहरण दिँदै त्यसबाट नेपालले पनि सिक्न जरुरी रहेको बताए ।

शिक्षित जनशक्तिको अभाव सुरु भएको बताउँदै नेता पाण्डेले स्वर्गीय डाक्टर उपेन्द्र देवकोटाले मासिक साढे चार करोड रुपैयाँ कमाउने गरेको प्रसंग सुनाउँदै ‘प्लटिङमा लगानी गरेर होइन, छोराछोरीलाई राम्रो शिक्षा दिएर समृद्धिको सपना पूरा गर्नुपर्ने उनको धारणा थियो । कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले नगर युवा परिषद, खेलकुद विकास समिति, भाषा कला साहित्य तथा संस्कृति प्रवद्र्धन समितिका पदाधिकारी सदस्यलाई सपथ गराएका थिए । कार्यक्रमको औचित्यमाथि नगरकी उपप्रमुख कमला खतिवडा आचार्यले प्रकाश पारेका थिए । कार्यव्रmममा १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा करातेको कुमुते तर्फ काँस्य पदक विजेता अर्जुनधारा–५ की एस्तर राईलाई २५ हजार र ताम्रपत्रसहित सम्मान गरिएको थियो । उनलाई प्रमुख अतिथि पाण्डे, नगर प्रमुख राना, नगर खेलकुद विकास समितिका संयोजक अर्जुन मेचे लगायतले सम्मान गरेका थिए ।