लायन्सको केन्द्रीय टोलीलाई विदाई

काँकरभिट्टा / लायन्स क्लब अफ मेचीनगरले भारतको सिलिगुडी प्रस्थान गरेका क्लबका नेपालस्थित केन्द्रीय पदाधिकारी तथा प्रतिनिधिलाई काँकरभिट्टाबाट स्वागतसहित विदाई गरेको छ ।
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५–ए वान, एमडी ३२५, नेपाल एल.वाई २०१९–२०२० को दोस्रो क्याबिनेट बैठकमा भाग लिने टोलीका ३ सयजनालाई विदाई गरिएको हो ।
क्लबका चार्टर प्रेसिडेन्ट शंकर थापाको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिक्ट गर्भनर एवँ सेकेन्ड सेन्चुरी एम्बास्डर पी.एम.जे.एफ इन्द्र खत्री(राजन) नेतृत्वको टोलीलाई खादा ओढाएर विदाई गरिएको थियो ।
त्यसक्रममा क्लबका फस्ट भाइस प्रेसिडेन्ट सन्तोष आचार्य, सेकेन्ड भाइस प्रेसिडेन्ट मोहन मैनाली, सेक्रेटरी सुवर्ण भट्टराई, असिस्टेन्ट सेक्रेटरी रोशन प्रधान, ट्रेजरर प्रविन थापा, सदस्यहरु दिनेश पोखरेल, केशव आचार्य, घनश्याम उप्रेती, सचित तामाङलगायतको उपस्थिति थियो ।
सो कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्न लियो क्लब अफ मेचीनगरका अध्यक्ष अभिजित दवाडीको नेतृत्वमा परिचालित लियोका पदाधिकारी तथा सदस्यले सक्रिय भूमिका निर्वाह गरेका थिए ।
त्यसक्रममा लायन्स क्लब अफ मेचीनगरले हालसम्म गरेका गतिविधि र भावी कार्ययोजनाका बारेमा डिष्ट्रिक्ट गर्भनर खत्रीलाई अवगत गराएको थियो । क्लबका सेक्रेटरी भट्टराईले लियोको तर्फबाट अन्तर्राष्ट्रिय प्रमाणिकरण कार्यक्रम द ड्युक अफ इडन वर्गस् इन्टरनेशनल अवार्डसँग जिल्लास्तरीय कार्यक्रम सञ्चालन हुने बताए । सो कार्यक्रम सञ्चालन गर्न सम्बन्धित दुवै संस्थाबीच एम.ओ.यु पत्रमा हस्ताक्षर गर्न लागिएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया