प्रकृति टेक्नोलोजीको धुलाबारीमा शाखा विस्तार

धुलाबारी / प्रकृति टेक्नोलोजी काँकरभिट्टाले सोमबारदेखि मेचीनगरको धुलाबारीमा पनि शाखा विस्तार गरेको छ । उक्त शाखाबाट कम्प्युटरलगायतका प्राविधिक सेवा उपलब्ध गराइनेछ ।
प्रकृति टेक्नोलोजीका इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक इन्जिनियर अन्जन कार्कीका अनुसार धुलाबारी शाखाबाट कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवासँगै सीसी क्यामेरा जडानको पनि सेवा उपलब्ध गराइने उनले बताए । कम्प्युटरसँग सम्बन्धित ब्राण्डेड सामानको विक्रि वितरणसँगै मर्मतको सेवा प्रदान गरिने बताइएको छ ।
दश वर्षअघि मेचीनगरको काँकरभिट्टामा स्थापना भएको प्रकृति टेक्नोलोजीले कम्प्युटरको खरिद विक्रि तथा ईलेक्ट्रीक र ईलेक्ट्रोनिक विषयमा सेवाग्राहीहरुलाई सेवा उपलब्ध गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया