सभाबारे सञ्जीवनीको सम्मेलन

विर्तामोड / यहाँस्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्थाले छोटो समयमा नै उल्लेखनीय सफलता हात पारेको छ ।

२०६४ सालको कात्तिक महिनामा ४० जना शेयर सदस्यबाट सुरु भएको संस्थामा हाल १९०८ जना सदस्य रहेका छन् । संस्थाले छोटो समयमा नै शेयर सदस्यहरुको मन जित्न सफल भएको हो । संस्थाले गत आर्थिक वर्षमा ३५ लाख ६८ हजार १२४ रुपैंयाँ नाफा गर्न सफल भएको छ । संस्थाका अध्यक्ष यामकुमार चुँडालले छोटो समयमा नै संस्थाले फड्को मार्न सफल भएको जानकारी दिए । बिहीबार संस्थाको कार्यालयमा असोज ११ गते विर्तामोडमा हुन लागेको संस्थाको १२ औं वार्षिक साधारणसभाका विषयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष चुँडालले संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा २६ लाख ७३ हजार २४९ रुपैयाँ नाफा गरेको जानकारी दिए । उनका अनुसार संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा २ करोड २१ लाख १ हजार ६ सय शेयर पूंजी पुर्याएको छ । सम्मेलनमा उनले संस्थाले गरेको काम र भावी योजनाका बारेमा जानकारी दिए । संस्थाले चालु आर्थिक वर्षमा ३ करोड ४३ लाख पुर्याउने लक्ष्य लिएको संस्थाका अध्यक्षद्धारा जारी प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले गत आर्थिक वर्षबाट सुरु गरेको पेन्सन बचत तथा स्वास्थ्य उपचार कोष कार्याविधि २०७५ को कार्यक्रमलाई निरन्तरता दिईने अध्यक्ष चुँडालले जानकारी दिए । हाल सो कार्यक्रममा २५० जना सदस्य आबद्ध भइसकेका छन् । चालु आर्थिक वर्षमा १ हजार सदस्यलाई सामेल गराईसक्ने उनले जानकारी दिए । संस्थाले असल बचतकर्तातर्फ गणेशप्रसाद खरेल, सम्झना आचार्य, विमला अधिकारी रिजाल, कविराज कोईराला, असल ऋणितर्फ पार्वती चौधरी, बृजनारायण थारु, सञ्जमान तामाङलाई सम्मान गर्ने अध्यक्ष चुँडालले बताए ।

त्यसैगरी, संस्थाले २०७५ सालको प्रवेशिका परीक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई पनि वार्षिक साधारणसभाको अवसरमा सम्मान तथा पुरस्कृत गर्ने भएको छ । संस्थाले निजी विद्यालयतर्फ वर्षा सिटौला र यसकुमार झालाई पुरस्कृत गर्ने भएको हो । संस्थाले सामुदायिक विद्यालयतर्फ विवश संग्रौललाई सम्मान गर्ने भएको छ ।

संस्थाले शेयर सदस्यले संस्थामा गरेको आर्थिक योगदानको आधारमा पनि सम्मान गर्ने जनाएको छ । संस्थामा गरेको योगदानका आधारमा सविन कार्की, रुपमाया गुरुङ, धर्मप्रसाद उप्रेती, देवनारायण चुँडाल, नरेश पराजुलीलाई सम्मान गर्ने भएको छ ।