नेतृत्व क्षमता विकास र परिवर्तनको सम्बाहक बन्दै तीज

डम्बर बराल

नेपाली महिलाहरुको महान चाड हरितालिका तीज पछिल्लो समय झापा जिल्लामा सामूहिक पर्वको रुपमा स्थापित हुँदै गएको छ । घरपरिवार र कोठाभित्र सीमित रहेको यो पर्व सामूहिक बनेपछि महिला सशक्तिकरणको अभियानमा कार्यक्रम सहयोगी मात्र बनेको छैन संस्कार संस्कृतिको संरक्षणमा महिलाहरुको भूमिका सक्रिय बन्दै जान थालेको छ । ०६२ ÷६३ को जनआन्दोलन पछि सामूहिक पर्वको रुपमा मनाउन थालिएको तीज पर्व केही वर्ष भड्किलो बन्दै गएको थियो यसले विपन्न समूहका महिलाहरुको आत्म सम्मानमा चोट पुग्ने भएपछि पछिल्लो समय तीज पर्व सबै बर्ग र जातिको अपनत्व हुने गरी मनाउन थालिएको छ । पार्टीको भातृ संगठन, विभिन्न महिला समूह, संघ–संस्थादेखि टोल विकास संस्था र बिद्यालयले समेत सामूहिक रुपमा तीज पर्व मनाएका छन । नेपाल महिला संघ मेचीनगर ५ ले वडाभरिका महिलाहरुलाई सामूहिक दर खुवाएको अध्यक्ष दया चौहानले बताइन् । सामूहिक पर्बले उनीहरुको आत्म सम्मान बढ्ने र व्यक्तित्व विकास समेत हुने भएकोले कार्यक्रम आयोजना गरिएको उनको भनाई छ । संघले ज्येष्ठ माताहरुलाई सम्मान समेत गरेको थियो ।
मेचीनगर–६ स्थित रेडियो साथीले नगर भरिका महिला समूहलाई औपचारिक निमन्त्रणा गरेर तीज नृत्य प्रतियोगितात्मक कार्यक्रम आयोजना ग¥यो । नगर भित्र रहेका महिलाहरुको प्रतिभालाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रेडियो साथीका प्रवन्ध निर्देशक ज्ञानेन्द्र निरौलाले बताए । प्रतियोगितामा नगरका बिभिन्न क्षेत्रबाट महिला समूहहरु सहभागी बनेका थिए । उनीहरुले तीज बिशेष रोचक प्रस्तुति, चेतना मुलक नृत्य, लोप हँुदै गएको संगिनी नृत्य, समेत प्रस्तुत गरेर कला र संस्कृतिको संरक्षणमा जुटने उद्घोष गरे । सय किसिमको कार्यक्रमले नेपालको मौलिक संस्कृतिको संरक्षणमा सहयोग पुग्ने आयोजकले जनाएको छ ।
मेचीनगर १० स्थित नयाँ विहानी आमा समूहले सामूहिक कार्यक्रम आयोजना गरेर बिपन्न समुदायका महिलाहरु लाई सम्मन गरेको छ । आयोजकले आफ्नो समुहमा आवद्ध कमजोर आर्थिक अवस्थाका सदस्य तथा ज्येष्ठ माताहरुलाई सम्मान गरेर नेपाली संस्कार परम्पराको संरक्षणमा सहयोगि बनेको समितिकी अध्यक्ष कमला बुढाथोकीले बताइन् ।
कमल गाउँपालिका स्थित पतञ्जली योग समितिले तीज बिशेष कार्यक्रम आयोजना गरेर नृत्य तथा लघु नाटक प्रस्तुत ग¥यो । ज्येष्ठ नागरिकहरुलाई बृद्धश्रममा होइन घरमै सम्मान सहित राख्नुपर्ने र बैदेशीक रोजगारी जानेक्रमलाई निरुत्साहित गर्दै देशमै रोजगार तथा स्वरोजगार सिर्जना गर्नु सन्देश दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष कृष्ण प्रसाद ओझाले बताए । उनी भन्छन् तीज पर्वमा महिला मात्र होइन पुरुषहरुको त्यतिकै सहभागिता बढ्दै गएको छ । यस कार्यक्रमले महिलाहरुको प्रतिभा समेत उजागर हुन्छ । बिर्तामोडस्थित कञ्चन जंघा इन्टिच्यूट अफ हेल्थ साइन्स प्रालीले जिल्ला कारागार झापाका महिला कैदिबन्दीहरुलाई दर खुवाए र तीज मनाएको छ । प्रालिकी प्रबन्ध निर्देशक रुची सिवाकोटी भन्छिन् हामीले कैदी जीवन बिताइरहेका दिदि बहिनीहरुसँग सुख–दुःख साटासाट गरेर तीज मनाएका छौँ हाम्रो यो अभियानले माइतीको अभावलाई मेटाउने प्रयास गरेको छ । सबै चेलीवेटीहरु माइत जाने लहर चलेको बेला उनीहरुमा समेत माइत जाने र सबैसँग बसेर रमाउने इच्छा हुन्छ त्यसैले हामीले कारागारमा रहेका दिदिबहिनीहरुसँग तीज मनायौँ ।
महिलाहरुको नेतृत्व विकासमा सक्रिय सुरुङ्गा जेसीजले कुशे औँशीको अवसरमा तीज विशेष कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा विभिन्न चेतनामुलक नाटक नृत्य तथा उद्घोषणका कार्यक्रमलाई आयोजकले प्राथमिकतामा राखेको थियो । सरकारले महिलाहरुलाई ३३ प्रतिशत अधिकार प्रदान गरेको भएपनि महिलाहरु अझैपनि नेतृत्वदायी भूमिकामा पछि रहेकोले जेसीजले उनीहरुको क्षमता अभिबृद्धि गराउँदै आएको र सोही अनुसार सामूहिक तीज कार्यक्रम आयोजना गरिएको जेसीजका अध्यक्ष कमल कट्टेलले बताए । उनी भन्छन् – हरेक टोल टोलमा कार्यक्रम गर्दा आर्थिक रुपमा खर्चिलो हुने र समाजमा द्वन्द्व सिर्जना हुने भएकोले सामुहिक भावनाको विकास गर्न र सबैको अपनत्व हुने गरी कार्यक्रम आयोजना गरेको उनले बताए । पछिल्लो समय महिलाहरु सामाजिक क्षेत्रमा सक्रिय बन्दै गएको र उनीहरुको व्यस्तताका बीच तीज पर्वको अवसरमा सामूहिक रुपमा रमाइलो गर्ने प्रचलन बढेको र तीज पर्व समय अनुसार परिस्कृत हँुदै गएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया