केर्खा बजारमा फोहोर व्यवस्थापन चुनौति बन्दै

कमल / बजारबाट निस्किएको फोहोर व्यास्थापन गर्ने भन्दै बजार नजिकै फाल्न थालेपछि त्यसबाट निस्किएको दुर्गन्धका कारण केर्खा बजारवसि हैरान मात्र भएका छैनन सो क्षेत्रमा फोहार ब्यवस्थापन चुनौति बन्दै गएको छ ।
कमल गाउँपलिकाको केर्खाबजारबाट निस्किएको फोहोर बजार उत्तर रहेको रतुवामाई वृक्षारोपण आयोजनाको हाता भित्र फालेका कारण त्याहाँबाट निस्किएको दुर्गन्ध र धुवाँका कारण बजारवसि लाई समस्याहुने गरेको स्थनीय मुत्तिनाथ काफ्ले बताए  । उनका अनुसार फोहोरको डँगुरबाट निस्किको दुर्गन्धर र धुवाका कारण बजारवासि हैरान भएका छन् ।
बजारवाट निस्किएको फोहर व्यवस्थापन गर्ने भन्दै बजार नजिकै फाल्न थालेपछि सो क्षेत्र दुर्गन्धीत बन्दै गएको छ । फोहोर लाई केर्खा बजार व्यवस्थापन समिति र कमल गाउँपालिका मिलेर तत्काल व्यवस्थापन गर्नुपर्ने व्यवसायी चन्द्र फागोले बताए  ।
बजारबाट निस्किएको फोहोर लाइ राम्रो संग व्यवस्थापन गर्न नसक्दा वातावरणमा असरपुगेको रतुवामाई वृक्षारोपण आयोजनाका प्रमुख खेमलाल विश्वकर्मा बाउछन ।
उनिभन्छन बजार उत्तर रहेको आयोजनाको क्षेत्रमा पार्क बनाउने केर्खा बजार व्यवस्थपन समिती र कमल गाउँपालिका सँग सहमति भएपनि पछिल्लो समय पार्ककै छेउमा फोहोर फालेकोले समस्या बढ्दै गएको उनले बताए  ।
बजारबाट निस्किएको फोहोर लाई समयमै व्यवस्थापन गर्न नसक्नेहो भने भविस्यमा यसले ठुलो समस्या निम्तयाउन सक्छ त्यसैले समयमा नै यस विषयमा गाउँपालिकाले सोच्नुपर्ने बेला आएको कमल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष अमल श्रेष्ठको भनाईछ
फोहोर व्यवस्थापनका लागी गाउँपालिकाले ट्याक्टर समेत खरिद गरेको छ । कमल गाउँपालिका वडा नम्वर ५ स्थित रतुवा र चाँजुको वीचमा खाडल खनेर फोहोरलाई व्यास्थापन गर्ने गरेको छौ । वर्षादका कारण त्यो ठाउँमा ट्याक्टर जान नसकेर ड्राईभरले केर्खा बजार उत्तर आयोजना क्षेत्रमा फोहोर फाल्ले गरेको रहेछ  । मैले यस विषयमा ड्राईभरलाई भनि सकेको छ । अब त्यो ठाउँमा फोहोर फाल्न तुरुन्त बन्द गर्ने कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताईन  ।
बजारबाट निस्कने फोहोर लाई उपयुक्त ठाउँ खोजेर व्यवस्थापन गर्न आवश्यक छ । सड्ने र नसड्ने फोहोर लाई अलगअलग छुट्याएर व्यवस्थापन गर्नुपर्ने हुन्छ  । कतिपय ठाँउमा फोहोरबाट मोहोर समेत बनाउन थालिसकेका छन् । यस्तो अवस्थामा सम्बन्धित निकायले यस प्रति ध्यान दिन आवश्यक छ ।