सामाजिक संजाल प्रतिको प्रश्न

प्राध्यापक चैतन्य मिश्र सामाजिक संजालमा ब्यक्तहुने विचारलाई पहिला पहिला एक आपसमा हुने कानेखुसीका रुपमा चित्रण गर्दछन । कुनै घट्ना वा वस्तु माथि मानिसहरुका विचारहरु फरक हुनु स्वाभावै भएपनि पहिला यसको दायरा सानो थियो । विज्ञान र प्रविधिको आम मानिसमा पहँुच भएका कारण हिजो जस्तो अव विचारहरु कानेखुसीमा मात्र सिमित रहेन , एक क्षणमा नै यसरी ब्यक्त भएका विचारहरु संसार भरी फैलन थाले मात्र नभइ सार्वजनिक विषयहरुमा समेत चुनौती दिन थाले ।
सामाजिक संजाललाई द्धन्दात्मक रुपमा विश्लेषण गर्ने हो भने यसको सकारात्मक र नकारात्मक प्रभाव दुवै देख्न सकिन्छ । केही सामाग्रीहरुको प्रवाहले समाजलाई शिक्षा दिएको छ , न्यायवाट वञ्चित भएकाहरुले न्याय समेत प्राप्त गरेका छन , असहायहरुका लागि सहयोग जुटेको छ । यस्ता अनेकन राम्रा पक्षहरुका वावजुद एक अर्कामा गाली गर्ने सामाजिक द्धेश फैल्याउने , सामाजिक अपराध वढाउने सामाग्रीहरुको प्रवाह आदी नकारात्मक प्रभावको रुपमा लिन सकिन्छ । सवै पदार्थमा हुने सकारात्मक र नकारात्मक विशेषता पनि यसका रहेका नै छन ।
आलोचनात्मक चेत
जर्गन ह्यावरमासले १८ औं शताव्दीमा नै सार्वजनिक क्षेत्रको उदय भएको र सार्वजनिक विवाद समाधानको लागि क्लव, क्याफे ,जर्नल र पत्रपत्रिका जस्ता मञ्चहरुको स्थापना भएको उल्लेख गरेका छन । उनले सार्वजनिक क्षेत्रमा हुने संचारात्मक कार्यले नै हेपाइ वा प्रभाववाट मुक्ति दिलाउन संभव हुने वताएका छन । आज विकास भएको सामाजिक संजालले केही मात्रामा भएपनि आलोचनात्मक चेतको विकास गरेको छ ,सूचना तथा संचारको प्रवाह उच्च गतिमा भएको छ ।जसका कारण सार्वजनिक क्षेत्रको दायरा वढेको छ , विचारहरुमा तिव्रता देखिएको छ । अति देवत्वकरण तथा दानवीकरण गर्नेहरुलाई ध्यान नदिने हो भने केही मात्रामा नै सही हेपाइ वा प्रभाववाट मुक्ति दिलाउन संभव भएको छ ।
कार्लमाक्ले हरेक कुरमा शंका गर भनेका छन । अर्थात आलोचनात्मक वन भनेका छन । आलोचना त्यसका लागि जसले सिर्जना गर्न सकोस र समाजको अग्रगती र रुपान्तरणमा महत्वपुणर््ा भुमिका खेलोस । हामी आज जुन अवस्थामा सामाजिक संजालको प्रयोग गरेका छौं त्यसले कतै आलोचना भन्दा पनि समाजलाई ध्वशंको वाटो तिर त लादैन भन्ने चिन्ता हुन स्वाभाविक छ । तर सामाजिक संजालले समाजमा पार्ने नकारात्मक प्रभावको चिन्तामा मात्र सिमित नभइ नागरिकका आलोचनालाई नै निषेध गर्न खोजिएको हो भन्ने वुझाइ पनि यथावत छ । त्यसलाई पनि शंकाको सुविधा नदिइ रहन सकिएन । किनकी हाल सामाजिक संजाल सत्ता पक्ष मात्र नभइ प्रतिपक्षको समेत टाउको दुखाइ वनेको आभाष मिल्दैछ । आलोचना सिर्जनाका लागि हुने भएकाले निषेध हैन वरु अपेक्षा आवश्यक छ ।
शालिग्राम पुडाशैनीको प्रकरण पस्चात त यो वढी सतहमा आएको छ । सोशल मिडिया मार्फत नै प्रयोगकर्ताहरु न्यायाधिस समेत वनेका भन्ने सम्मका विचारहरु ब्यक्त भएका छन त्यही सामाजिक संजालमा । कम्युनिष्टहरु जहिल्यै पनि न्यायका पक्षमा हुन्छन नातागोता र नजिकलाई महत्व दिदैनन भन्ने मान्यता हुन्छ । यदी यस्तो मान्ने हो भने नेपालका सरकारी संस्थाहरुको विश्वसनियता प्रतिको आशकांले कुनै ब्यक्ति उपर अन्याय परेको महसुस गरि न्यायका पक्षमा लाग्नु पनि त अन्यथा लिन मिल्दैन होला । प्रहरी समेत अन्यायमा परेका समाचारहरु त वग्रेल्ती नै छन । हाम्रा न्यायालय ले दिने कतिपय फैसलाहरु , कानुन कार्यान्वयनका उच्च तहका अधिकारीहरुका ब्यवहारहरु प्रतिको अविश्वासको प्रतिफलको रुपमा लिइ त्यसमा सुधार गर्नु महत्वपुर्ण हुनेछ ।
असहिष्णुता नै हो त ?
विश्वेश्वर प्रसाद कोइरालाको आत्मकथामा उनलाई विराठनगर वाट धनकुटा हुदै काठमाण्डौं लाँदा प्रधानमन्त्री मोहन समशेरको ढोका अगाडी घाममा उभ्याएको घट्ना उल्लेख गरिएको छ । घाममा निकै समय कुराए पछी कोइरालाले कति समय घाममा उभ्याइ राख्ने हो भन्ने प्रश्न गर्दा एक सिपाइले फोहोरी गाली गरेको र आफु आक्रोशित भइ गालामा दुइ थप्पड लगाएको उल्लेख गरिएको छ । राणाकालमा प्रहरीलाई त्यस्तो थप्पड हान्ने मानिसलाई समेत कुनै कार्वाही भएको देखिएन । आत्म रक्षाका लागि गोली पनि चलेन । आज लोकतन्त्र भनिएको भएपनि निहत्ता विद्रोहीहरुलाई पकडेर हातखुट्टा भाचेर गोली हानीएको भन्ने प्रश्न उठेको छ । अस्पतालमा समेत प्रवेश गरि विरामी तथा तिनका कुरुवालाई पिटिएको भन्ने खवर आएका छन । यस्ता प्रश्नहरु अनुत्तरित हुने अवस्था सम्म सरकार असहिष्णुता तिर अगाडी वढेको छैन भन्न मिल्दैन ।माक्सवादले हरेक वस्तुलाई रुपका आधारमा नभइ गुणका आधारमा मुल्याकंन गर्नुपर्ने तर्क गर्दछ । रुप लोकताँन्त्रिक मात्र भएर नहोला गुण पनि लोकतान्त्रिक हुन आवश्यक छ । आफु वाहेक अरुलाई नसहने प्रवृत्ती लोकतान्त्रिक त हुनै सक्दैन ।
नियन्त्रण की नियमन
आज भोली सोसल मिडिया नियन्त्रण गर्ने सम्मका विचारहरु आएका छन । नियन्त्रण लोकतन्त्र भित्र पर्दैन यसको अर्थ अराजकताको वढोत्तरी पनि स्वीकार्य हुदैन । कुनै ब्यक्त विचारले समाजमा विद्धेश फेल्याउन सक्ने भएमा नियमन गर्न नसकिने पनि हैन । शायद त्यसैका लागि साइवर कानुन वनाइएको छ । तर आफ्नो प्रशंसामा भए ठिक विरोधमा भए वेठिक जस्ता तर्क राखी नियन्त्रण्को स्वर उचो वनाउनुको कुनै अर्थ रहदैन । सामाजिक न्यायमा तेरो मेरो हुदैन । हेरौं के के हुने हो । राज्य त निर्मम नै हुन्छ । माक्सकै भाषामा भन्ने हो भने सत्ता दमनको औजार हो । सत्तामा वस्नेहरु दमनकारी हुनु उनीहरुको चरित्र नै भयो भने पनि हामीले के नै गर्न सकिन्छ र आलोचना वाहेक । आलोचना जारी रहन्छ तर सिर्जना र सामाजिक पुर्ननिर्माणका लागि ।

तपाईको प्रतिक्रिया