नेपाल जेसीजको एरिया ‘ए’ को क्षेत्रीय सम्मेलन हुने

भद्रपुर / १६ वर्ष पछि नेपाल जेसीजको एरिया ए को क्षेत्रीय सम्मेलन झापाको भद्रपुरमा आगामी भदौ २० र २१ गते होटल सिटी गार्डेनमा हुने भएको छ ।
नेपाल जेसीजको आयोजना तथा भद्रपुर जेसीजको आतिथ्यतामा हुने सम्मेलनका लागि आतिथ्यता शाखा भद्रपुर जेसीजले तयारीका वारेमा बुधवार आयोजित पत्रकार संम्मेलन मार्फत जानकारी गाराईएको हो ।
प्रचार प्रसार समितिका संयोजक अभिषेक ढुङ्गानाले कार्यक्रमको वारेमा जानकारी दिदै भद्रपुरको सिटी गाड्रेनमा हुने सम्मेलनका लागि भद्रपुर जेसीजका पूर्व अध्यक्ष बसन्त पोखरेललाई निर्देशकमा चयन गरिएको जानकारी दिए  ।
त्यसैगरी सम्मेलन सम्पन्न गर्नका लागी पुर्व अध्यक्षहरु सम्मिलीत विभिन्न ९ वटा उपसमिति समितिहरु गठन गरिएको छ । जस अन्तरगत आर्थिक समितिको संयोजक लोकनाथ भट्टराई, स्मारिका संयोजक हरि पोखरेल, खाद्यय संयोजक किरण शर्मा, आवास संयोजकमा निरज पोखरेल, कार्यक्रम संयोजक जय तिम्सिना, अतिथि सत्कार संयोजक गणेश पोखरेल, पिचपार्स संयोजक रमेश पोखरेल, हल व्यवस्थापन संयोजक प्रकाश भण्डारी, सम्मेलन कोषाध्यक्ष विगम श्रेष्ठ र प्रचारप्रसार संयोजक अभिशेक ढुङ्गाना रहेका छन ।
सम्मेलनमा सहभागि हुनका लागि आवासरहित नगद २५ सय बुझाउनु पर्ने सम्मेलनलाई उत्कृष्ट र नमुना सम्मेलन बनाउनका लागि विभिन्न काम लाई तिब्र रुपमा अघि बढाइएको सम्मेलन निर्देशक बसन्त पोखरेलले बताए  । सम्मेलनमा सहभागि हुन एरिया ए का ३९ वटा शाखाका करिब ६ सय र अन्य क्षेत्रवाट १ सय ५० गरी ७ सय ५० भन्दा वढी जेसीजकर्मीहरुको सहभागिता रहने वताउदै क्षेत्र क सम्मेलन सहजरुपमा सम्पन्न गर्नका लागी करिव ४० लाख रुपैया खर्च हुने र उक्त रकम रजिस्टेशन शुल्क वापत तथा विभिन्न संघ संस्था ,उद्योगी, व्यावसायी , व्यापारीहरु वाट संकलन गरिने वताए ।
उक्त सम्मेलनको उद्घान प्रदेश नं १का मुख्यमन्त्री शेरधन राई ले गर्ने भएका छन् ।