मन्त्री कार्कीलाई नाइट चेसको मानार्थ सदस्यता

काकँरभिट्टा/ प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई नाइट चेस क्लब काकँरभिट्टाले मानार्थ सदस्य दिइने भएको छ ।
१३ औं अधिवेशनबाट सर्ब सम्मत निर्बाचित कार्य समितिको पहिलो बैठकको निर्णयबाट क्लबले मन्त्री कार्कीलाई सदस्यता प्रदान गर्ने निर्णय गरेको क्लबका अध्यक्ष राजु कार्कीले बताए । निर्बाचित कार्य समितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि बनेका कार्कीले सम्बोधनका क्रममा क्लबको सदस्यता लिने इच्छा ब्यक्त गरेका थिए ।

शनिबार क्लबका अध्यक्ष कार्कीको अध्यक्षतामा बसेको पहिलो बैठकले क्लबको आन्तरिक व्यवस्थापन तथा आगामी योजना लगायतका बिषयमा छलफल भएको महासचिव अशोक राईले बताए । उनले भने – क्लबले मन्त्री कार्कीलाई प्रदेश १ को राजधानी बिराटनगरको कार्यकक्षमै सदस्यता प्रदान गर्नेछौँ । यस अघि क्लबले प्रदेश सासंद श्रीप्रसाद मैनाली र रसियन नागरिक कोमनी अलिकजेन्डरलाई मानार्थ सदस्यता प्रदान गरिसकेको छ ।