जीएसटीका कारण माछाको भुराको आयात शुन्य

 

लक्ष्मी उप्रेती

काँकरभिट्टा/ सरकारले व्यवसायिक माछापालनका लागि रकम अनुदान दिन थाले लगत्तै भारतीय माछाको आयातमा समेत कमि आएको छ ।
पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका अनुसार ६ वर्षयता पूर्वीनाकाबाट हुने खाने माछाको आयात क्रमस ओरालो लाग्दैंछ । कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७०÷२०७१ देखि वितेको आर्थिक वर्ष २०७५÷०७६ सम्म आइपुग्दा खाने माछाको आयातमा उताव चढाव देखिन्छ । आर्थिक वर्ष २०७०÷२०७१ मा पूर्वी नाका भएर २ हजार ७९ दशमलव ८४ मेट्रिक टन खाने माछा आयात भएको थियो । वितेको आर्थिक वर्ष २०७५÷०७६ मा १३ दशमलव ८२ प्रतिशत मेट्रिक टन मात्र खाने माछा आयात भएको तथ्याङ्क कार्यालयसँग छ ।
कार्यालय प्रमुख पशु चिकित्सक मुकेशकुमार सिहंका अनुसार यो आयात अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ को तुलनामा १२ प्रतिशतले घटेको हो । उनका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा १ हजार ५ सय ६० दशमलव ८ मेट्रिक टन खाने माछा आयात भएको थियो ।
आर्थिकवर्ष २०७१÷०७२ मा यो नाका हुदैं २ हजार १ सय ८ दशमलव ६६ मेट्रिक टन खाने माछा आयात भएको थियो भने आर्थिक वर्ष २०७३÷ २०७४ मा १ हजार ६ सय ७४ दशमलव ९८८ मेट्रिक टन मात्र खाने माछा आयात भएको तथ्याङ्क कार्यालयले जनाएको छ । आर्थिकवर्ष २०७२÷०७३ को तुलनामा ३ दशमलव ५१ प्रतिशतले आयात घटेको सिहंले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा १ हजार ७ सय ३६ मेट्रिक टन खाने माछा आयात भएको थियो । नेपाल सरकारले व्यवसायिक रुपमा माछा पालनमा किसानलाई पोखरी खन्नका लागि रकम अनुदान दिएका कारण व्यवसायिक माछा पालनमा कृषकको आर्कषण बढेको उनको भनाई छ ।
यसैगरी, व्यवसायिकरुपमा नेपालमा माछा पाल्न थालेपछि भारतबाट हुने माछाको भुराको आयातमा भने बृद्घि भएपनि वितेको आर्थिक वर्ष २०७५÷०७६ मा यसको आयात शुन्य छ । किसानले धमाधम पोखरी खनेर व्यवसायिकरुपमा माछा पालन गर्न थालेपछि भुराको आयातमा बृद्घि भएको थियो । तर, पछिल्लो समय भारतले जीएसटी अनिवार्य गरे सँगै अहिले भारतबाट माछाका भुरा आउने क्रम रोकिएको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७०÷०७१ मा पूर्वी नाका भएर २५ लाख ६३ हजार वटा माछाका भुरा नेपाल आयात गरिएको थियो । आर्थिक वर्ष २०७०÷०७१ मा त्यो संख्या बढेर ३२ लाख ८८ हजार ४ सय वटा पुग्यो । कार्यालयको तथ्याङ्क अनुसार आर्थिकवर्ष २०७२÷०७३ मा २० लाख २ हजार वटा माछाका भुरा आयात भएको थियो । आर्थिक वर्ष २०७३÷ २०७४ मा त्यो संख्या ६ दशमलव ५५ प्रतिशतले बढेर २१ लाख ३१ हजार ४ सय वटा पुगेको छ । आर्थिक वर्ष २०७४÷२०७५ मा आइपुग्दा १ लाख ८३ हजार १ सय वटामा झरेको पशु चिकित्सक सिहंले बताए ।
वितेको आर्थिक वर्ष वितेको आर्थिक वर्ष २०७५÷०७६ मा त यसको आयात शुन्य छ । देशका विभिन्न भागमा व्यवसायिकरुपमा माछा पालन शुरु भएर आफ्नै देशमा माछा उत्पादन हुन थालेपछि माछाका भुराको आयातमा बृद्घि हुने गरेको थियो र तर, जीएसटी कारण पछिल्लो वर्ष आयात ठप्प छ । माछाको भुराको आयातमा कमी आउनु भारतले लगाएको जीएसटी नै भएको सरकारी अधिकारीको भनाई छ ।
नेपालमै धमाधम माछा पालन गर्न थालेपछि खाने माछाको आयातमा कमि हुन थालेपछि सिद्रा माछाको माग समेत नेपालमा घटेको छ । फ्रेस माछा स्थानीय स्तरमै उत्पादन हुन थालेपछि उपभोक्ताको आर्कषण सिद्रा माछामा घटेका कारण माग घटेको हो ।
आर्थिक वर्ष २०७०÷०७१ मा ८८ दशमलव ५३ मेट्रिक टन आयात भएको सिद्रामाछा आर्थिक वर्ष २०७१÷०७२ मा एक्कासी बढेर २ सय ६८ दशमलव १६ मेट्रिक टनमा उक्लिएको थियो । त्यसपछिका वर्षमा यो आयात ओरालो लागेको छ । आर्थिक वर्ष २०७२÷०७३ मा १ सय ५ दशमलव ९८ मेट्रिक टनमा द्रिा आयात भएपनि लगत्तै आर्थिकवर्ष २०७३÷२०७४ मा पूर्वी नाका भएर ८३ दशमलव ११४ मेट्रिक टन मात्र सिद्रा आयात भएको थियो । यो संख्या आर्थिकवर्ष २०७२÷ ०७३ को तुलनामा २१ दशमलव ५८ प्रतिशले कमि हो । त्यो वर्ष १ सय ५ दशमलव ९८७ मेट्रिक टन सिद्रा माछा आयात भएको कार्यालयले जनाएको छ । आर्थिकवर्ष २०७४÷२०७५ मा ७६ दशमलव ३६ तथा वितेको आर्थिक वर्ष २०७५÷२०७६ मा ७५ दशमलव ५ प्रतिशत मेट्रिक टन सिद्रा माछा आयात भएको छ ।